सार्वजनिक यातायातमा यात्रा गर्दा महिला स्वास्थ्य स्वयंसेविकालाई शुल्क नलाग्ने

हेल्थ टिभी अनलाइन : महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अबदेखि आफ्नो कामका शिलशिलामा सार्वजनिक यातायातमा यात्रा गर्दा शुल्क नलाग्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर र स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कात्तिक १५ गतेदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले सहमति जनाएका हुन्। न्यून सेवा सुविधामा रातदिन नभनी काम गरिरहेका स्वास्थ्य स्वंयसेविकालाई केही भए पनि सहज होस भनेर आफूले यातायात व्यवसायी महासंघलाई शुल्क मिनाहाको आग्रह गरेको भन्दै यो कदमका लागि मन्त्री पौडेलले यातायात व्यवसायी महासंघलाई धन्यवाद समेत दिए । उनले भने, ‘यस व्यवस्थाले देशैभरका ५२ हजार भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि लाभ हुने विश्वास लिएका छौं।’
उता महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights