कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

हेल्थ टिभी अनलाइन : सरकारले यही कार्तिक २ र ३ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
७५३ वटा पालिकाबाट कार्तिक २ र ३ मा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
साथै १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप छुटेको भए ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि सूचना केन्द्रले अभिभावकलाई आग्रह गरेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights