Health TV Online
Health TV Online
Health TV Online

केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका सार्वजनिकरण

केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका सार्वजनिकरण

हेल्थ टिभी अनलाइन : केन्द्रीय कारागार अस्पतालद्वारा अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिकरण सम्पन्न भएको छ । गृह मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीद्वारा अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिकरण सम्पन्न भएको हो ।

कार्यक्रम कारागार अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन इकाईका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख डा.बुढाथोकीले स्वागत मन्तब्यसहित केन्द्रीय कारागार अस्पतालले आ.ब २०८०\८१ मा गरेका कार्यहरुको संक्षिप्त प्रस्तुतिकरण दिएका थिए । उनले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीहरुको बारेमा प्रस्तुत गर्दे प्रगति प्रतिवेदन र स्मारिकामा रहेका बिषयवस्तुहरुको जानकारी समेत दिएका थिए ।

बिशेष अतिथिको रुपमा कारागार ब्यबस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले स्वास्थ्य बिमामा सम्पूर्ण कैदी÷बन्दीहरुलाई थुनुवा पुर्जाका आधारमा सहभागी गराउन आबश्यक छलफल भईरहेको, मनोसामाजिक अस्पताल संचालन गर्न गृहकार्य भईरहेको जानकारी गराउदै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनको लागि जनस्वास्थ्यका कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमाजोड दिए । गृह मन्त्रालय, कारागार ब्यबस्थापन बिभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय कारागार अस्पताल सम्मिलित उच्च स्तरिय समिति गठन भएको र समस्याको हल सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा एबम बिश्वास ब्यक्त गरे ।

बिशिष्ट अतिथिको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले आफु पनि कुनै समयमा कारागार ब्यबस्थापन विभागको महानिर्देशक भएको र कारागार तथा कैदी÷बन्दीहरुको समस्याका बारेमा जानकार रहेको स्वास्थ्य मन्त्रालयको तर्फबाट दरबन्दीमा जनशक्ति परिपुर्ती लगायत गर्नेपर्ने अन्य कार्यका लागि आफु तयार रहेको जानकारी दिए ।
प्रमुख अतिथि गृह मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले कारागार अस्पतालले सिमित श्रोत र साधनका बीच आ.ब २०८०\८१मा सम्पन्न गरेका कार्यहरुको सार्बजनिक गर्ने कार्यमा सहभागी गराएकोमा केन्द्रीय कारागार अस्पताललाई धन्यबाद दिए । उनले नख्खुमा रहेको मनोसामाजिक अस्पताल संचालनमा ल्याउन कारगार ब्यबस्थापन विभागलाई निर्देशन समेत दिए । उक्त अबसरमा आवश्यकताको महसुस हुने गरि दरबन्दी माग गरेमा गृह मन्त्रालय सहजीकरण गर्न तयार रहेको जानकारी समेत दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा