कसरी बच्ने झाडापखालाबाट ?

हेल्थ टिभी अनलाइन : खासगरी झाडापखाला दूषित पानी तथा सडेगलेका तथा बासी खानेकुराकाका कारण लाग्ने गर्छ ।
यसैगरी झिंगा भन्केका खाना, काँचो तरकारी तथा फलफूल राम्ररी नपखालेर खाँदा पनि झाडापखाला लाग्न सक्छ । यतिबेला देशभर गएको बाढी, पहिरोका कारण खाने पानीको मुहान फोहोर भएको छ । जसले गर्दा यतिबेला अझ बढी सतर्क हुन जरुरी छ । पानी दूषित भएकाले अनिवार्य यसलाई उमालेर वा क्लोरिन झोल हालेर मात्र पिउनुपर्छ ।
गर्मी महिना भएकाले खाना छिटो बिग्रने हुन्छ । तयसैले बासी खाना नखाएकै राम्रो । खाना बनाउनुअघि तथा खानु अघि र दिसापिसा गरेपछि अनिवार्य साबुन पानीले हात धुन जरुरी छ । आफनो पिउने पानी, खाने खानेकुरा तथा वरपरको सरसफाईमा ध्यान मात्र दिनसकेमा धेरै हदसम्म झाडापखाला लाग्नबाट जोगिन सकिन्छ ।
यदि लागिहालेमा झोलिलो खानेकुरा प्रसस्त मात्रामा खाने, पानी उमालेर सेलाएर मात्र पिउने, ताजा खाना खाने तथा आराम गर्नुपर्छ । यदि यसो गर्दा पनि कम नभएमा स्वास्थ्य संस्थामा जान सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा