नागरिक अस्पतालको सेयर किनेको ह्याम्स अस्पतालले नयाँ भवनबाट सुरु गर्यो ओपीडी सेवा

हेल्थ टिभी अनलाइन : एक महिनाअघि भक्तपुरस्थित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेको ह्याम्स अस्पतालले आजदेखि त्यहाँ ओपीडी सेवा सुरु गरेको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष तथा नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले नयाँ सुविधासम्पन्न ओपीडी भवनको उद्घाटन गर्दै ओपीडी सेवा सुरु गरेका हुन् । उनले आज दशैंको पहिलो दिन घटस्थापना शुभ दिन पारेर ओपीडी सेवा सुरु गरेको जनाए ।
एक सय शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिक अस्पतालको व्यवस्थापन स्वामित्व लिएको ह्याम्सले भक्तपुरमा कर्पोरेट अस्पतालका रुपमा यसलाई विकास गर्न विशेषज्ञ सेवासहितको सेवा विस्तार गरिरहेको जनाएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights