प्रोस्टेट सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : काठमाडौंमा प्रोस्टेस्ट सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । प्रोस्टेट फाउन्डेसन नेपाल र नेपाल चेम्बर्स अफ कमर्सको संयुक्त आयोजनामा जमलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, अन्य पदाधिकारी तथा कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । फाउन्डेसनका सदस्य सचिव तथा वरिष्ठ मुत्ररोग विशेषज्ञ डा दिपक रौनियारले प्रोस्टेट ग्लान्डकाबारेमा आफनो प्रस्तुती दिंएका थिए । डा रौनियारले प्रोस्टेटको समस्या आउनै नदिन के गर्ने तथा समस्या आइहालेमा केके गर्न सकिन्छ भन्ने विषयमा उपस्थित सबैलाई परामर्श समेत दिएका थिए ।
डा रौनियारले प्रोस्टेटको समस्या बेलैमा उपचार गरेमा निको हुने भएकाले यसलाई हेलचेक्राई गर्न नहुने समेत जिकीर गरे । उनले बेलैमा उपचार गरेमा निको हुने रोगबारे आफू सचेत हुनपर्नेमा जोड दिए । यसका साथै नेपाल चेम्बर अफ कमर्स र डा रौनियार कार्यरत मध्य बानेश्वरमा रहेको लाइफ लाइन इन्टरनेशनल क्लिनिकबीच उपचारमा छुट दिने विषयमा सम्झौता पनि भएको छ । उक्त सम्झौतासँगै अबदेखि लाइफ लाइन इन्टरनेशनल क्लिनिकमा चेम्बर अफ कमर्सका पदाधिकारी तथा कर्मचारीलाई उपचारमा विशेष छुट हुनेछ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights