पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान

हेल्थ टिभी अनलाइन : पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।
यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।
उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्समा अड्किएका थिए। बिरामीलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै थियो । तर उनीहरु पहिरोका कारण काठमाडौं समयमै आउन नसक्दा बाटोमै मृत्यु भएको हो ।
बिहिबारदेखि अविरल परेको पानीका कारण काठमाडौं लगायत धेरै स्थानमा धनजनको ठूलो क्षति भएको छ भने बाटो पूर्ण रुपमा अवरुद्ध भएका छन्। जसले गर्दा ठूलो संख्यामा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights