Health TV Online
Health TV Online

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन : बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन यही असाेज १५ र १६ गते काठमाडौंमा हुन लागेको हो ।

बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य विश्वव्यापी सार्वजनिक स्वास्थ्यको एक महत्वपूर्ण तर धेरै नै उपेक्षित पक्ष भएकाले यसको महत्वलाई उजागर गर्नका लागि सम्मेलन गर्न लागिएको आयोजकको भनाई छ । पछिल्लो समय युवाहरु मा मानसिक स्वास्थ्य समस्याको बढ्दो व्यापकताले यो समस्या सम्बोधन गर्नको लागी एकजुट हुने प्रयास स्वरुप उक्त सम्मेलन हुन लागेको हो । यस सम्मेलनमा २५० भन्दा बढी विज्ञहरुको उपस्थिती रहनेछ । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनले विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्य राख्दछ ।

बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्क CAMHSAN सन्‌ २०२३ मा दक्षिण एशियामा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको थियो । जसका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण राज कुँवर हुन। जुन संस्था यस सम्मेलनको प्रमुख आयोजक पनि हो । डा कुँवरले बालबालिका तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यसको समाधानका लागि सबै मिलेर के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गर्न लागेको बताए ।

सम्मेलनमा पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान,अफगानिस्तान, बंगलादेश, चीन लगायतका देशहरुबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरू समावेश हुनेछन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार