डा भगवान कोइरालाको बाल अस्पताललाई डा शशी भुषणको ९ करोड सहयोग

हेल्थ टिभी अनलाइन : प्राडा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को भवन निर्माणका लागि डा शशी भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको बुढानिलकण्ठमा बन्न लागेको विशिष्टीकृत बाल अस्पतालको भवन निर्माणका लागि डा उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका हुन्।
भवन निर्माणका लागि सहयोग गर्ने सम्वन्धमा सोमबार किओचका अध्यक्ष प्राडा भगवान कोइराला र डा उपाध्यायबीच सम्झौता भएको हो । सोही अवसरमा डा उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक सोमबार नै इन्स्टिच्युटका अध्यक्ष डा कोइरालालाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा डा। उपाध्यायले नेपालका बालबालिकाहरूको उपचारमा सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई धन्यवाद दिएका थिए । उनले आफूले उपलब्ध गराएको सहयोग रकम समेतबाट निर्माण सम्पन्न भई बालबालिकाले उपचार सेवा प्राप्त गर्ने कुरामा विश्वास व्यक्त गरे । इन्स्टिच्युटका अध्यक्ष डा कोइरालाले गरेको यो महत्वपूर्ण आर्थिक सहयोगले अस्पताल निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने बताए । उनले सहयोग रकमको सही सदुपयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights