‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स कम गर्न तपाइँको सरकारले कस्तो योजना अघि सारेको छ ? सोध्नुस्’

हेल्थ टिभी अनलाइन : संयुक्त राष्ट्र संघ (यूएन) को ७९ औं महासभामा यसपटक विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्थ्य चुनौतीका रुपमा लिएको एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी उच्चस्तरीय बैठक हुने भएको छ । जुन बैठकमा भाग लिन र यो समस्यालाई कम गर्न प्रतिवद्धता जनाउन नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सो तर्फ जाने भएका छन् । सोही अन्तर्गत प्रधानमन्त्री ओलीले असोज १० गते अर्थात सेप्टेम्बर २६ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यही उच्चस्तरीय बैठकको पूर्व सन्ध्यामा ग्लोबल एएमआर मिडिया अलायन्सले ग्लोबल मिडिया ब्रिफिङको आयोजना गरेको हाे।
सो ब्रिफिङमा बोल्दै विश्व स्वास्थ्य संगठनका डिपार्टमेन्ट अफ कन्ट्रोल, सर्भिलेन्स एण्ड प्रिभेन्सन अन एएमआरका निर्देशक डा योभान जेएफ हुटिनले एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई कम गर्न संयुक्त रुपमा काम गर्नपर्ने र त्यसमा पनि एडभोकेसीका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने जिकीर गरे । उनले अब यही सेप्टेम्बर २६ मा राष्ट्र संघ महासभामा हुन गइरहेको एएमआर उच्चस्तरीय बैठकमा के कस्ता कुरा उठान हुँदैछ भन्ने कुरामा पनि मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । उनले मिडियालाई भने, ‘तपाइँले तपाइँको देशको सरकारलाई एएमआर एक्सन प्लान छ की छैन, एएमआर रेसिस्टेन्स कम गर्न प्रयाप्त बजेट छुट्याएको छ छैन, इन्फेक्सन कन्ट्रोल एण्ड प्रिभेन्सन राष्ट्रिय योजना छ छैन जस्ता प्रश्न सोध्ने बेला आएको छ ।’
उनले विश्व स्वास्थ्य संगठनले एएमआर कम गर्न मुख्य ४ रणनिती अघि सारेको पनि बताए । ती रणनितीहरुमा एन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, युनिभर्सल एक्सेस टु एफोर्डेबल क्वालीटी डायग्नोस्टिक एण्ड ट्रिटमेन्ट, स्ट्राटेजिक इन्फरमेसन साइन्स एण्ड एनोभेसन,इफेक्टिभ गभरनेन्स एण्ड फाइनान्सिङ रहेका छन् ।
युएन इन्भारामेन्ट प्रोग्रामकी एएमआर कोअर्डिनेटर एट्जीभेर इकेभिराले एएमआर फैलिन तथा विकास हुन वातावरण पनि महत्वपूर्ण भएकाले वातावरण, जनावर, विरुवा, मानिस सबैको क्षेत्रमा वान हेल्थ अप्रोचको कन्सेप्टमा काम गरे मात्र एएमआरको समस्या कम गर्न सकिने बताइन । एक्लै मानव स्वास्थ्यमा मात्र काम गरेर एएमआर सम्बन्धी समस्या समाधान नहुने उनले जिकीर गरिन । यसैगरी वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थका डिपीउटी हेड अफ एन्टीमाएक्रोबियल रेसिस्टेन्स एण्ड भेटनरी प्रडक्स डिपार्टमेन्ट डा होलीले एनिमल हेल्थलाई बाहिर राखेर एएमआरको समस्या समाधान हुन नसक्ने बताए । उनले कतिपय समस्या एनिमल हेल्थसँग जोडिएपनि ढिला गरी पत्ता लाग्दा रोग जटिल हुँदै जाने जिकीर गरे । उनले उच्चस्तरीय बैठककमा यी कुराहरु समेटिन आवश्यक रहेको पनि जिकीर गरे ।
कार्यक्रममा योङ एएमआर अभियन्ता आउड्रे होङले आउने पुस्तालाई एन्टीमाइक्रोबियलको समस्याबाट जोगाउन युवाहरुहरु नै सक्रिय भएर लाग्नपर्नेमा जोड दिइन । उनले आफनो स्तरबाट गर्न सकिने सरसफाइमा ध्यान दिने, भ्याक्सिन लगाउने, हात धुने बानी बसाल्ने जस्ता क्रियाकलापले पनि एएमआरको रिस्कबाट केही हदसम्म बच्न सकिने बताइन ।
यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका एएमआर अवेरनेस, क्याम्पियन एण्ड एडभोकेसी टिमका निर्देशक डा थोमस जोसेफ तथा ग्लोबल एएमआर मिडिया अलायन्सकी चेअरपर्सन शोभा शुक्लाले एएमआर कम गर्न मिडिया एउटा महत्वपूर्ण पार्टनर हुनसक्नेमा जोड दिएका थिए ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा