एशिया प्यासिफिक फेमिनिस्ट फोरम थाइल्यान्डमा सुरु, प्रजनन अधिकारदेखि अपांगतासम्मका मुद्धामा छलफल

हेल्थ टिभी अनलाइन /थाइल्यान्ड : चौंथो एशिया प्यासिफिक फेमिनिस्ट फोरम थाइल्यान्डको चियागंमाइमा आजदेखि सुरु भएको छ ।
महिला अधिकारका विभिन्न मुद्धामा काम गर्ने संस्था एशिया प्यासिफिक फोरम अन वुमन, ल एण्ड डेभलपमेन्ट (एपीडब्लुएलडी) को मुख्य आयोजनामा भएको ३ दिने सम्मेलनमा नेपाल लगायत २३ देशका ५ सय बढी महिला अधिकारकर्मी, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता, मिडियाकर्मीको सहभागिता रहेको छ ।
एशिया प्यासिफिकका महिलाका विषयमा साझा रुपमा छलफल गर्दै एक अर्काको समस्या बुझ्न तथा समाधानका उपायहरुबारे निचोड निकाल्न सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन्।
तीन दिने सम्मेलनमा महिलाको प्रजनन अधिकारदेखि आर्थिक, सामाजिक, राजिनैतिक तथा सम्पूर्ण मानव अधिकारका विषयमा छलफल हुनेछ । त्यसका लागि विभिन्न भिन्न भिन्न सानो सानो समूहमा समानान्तर वर्कशपहरुको आयोजना गरिएको छ । महिलाको मुद्धामा एपीडब्लुएलडीले गरेको यो सम्मेलन चौंथो हो भने यस अघिका सम्मेलनमा उठेका मुद्धाको बारेमा कत्तिको छलफल र समाधान भयो भन्ने विषयमा पनि यसपटक कुरा गरिने आयोजकले जनाएका छन्। महिला अधिकारको क्षेत्रमा ‘हामी कहाँ छौं र कहाँ हुनुपर्छ’ भन्ने थिमको सेरोफेरोमा तीन दिने सम्मेलन केन्द्रित हुनेछ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights