जापानिज इन्सेफलाइटिसबाट बच्न के गर्ने ?

हेल्थ टिभी अनलाइन : जापनिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग जुनसुकै उमेर समूहलाई पनि लाग्न सक्छ तर धेरैजसो १५ वर्ष मूनिका बालबालिकामा देखिन्छ । यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ । यसका लक्षण्हरुमा उच्च ज्वरो आउने, बेहोस हुने, कम्पन हुने, घाँटी अररो हुने, पक्षघात हुने हुन्छ । समयमै उपचार नपाएमा मृत्यु समेत हुने गर्छ । यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु नै हो ।
यसका साथै हाँस, कुखुरा, सुँगर, बँगुर जस्ता घरपालुवा चरा चुरुङ्गी, जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरिक्षत तरिकाले पाल्ने ।
-घर बाहिर निस्कदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउने ।
-घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बृद्धि हुने भएकोले घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पूरी दिने ।
-लामखुट्टे भगाउने धूप वा महलम प्रयोग गर्ने ।
-सधै झुल भित्र मात्र सुत्ने ।
यी माथिका कुरामा ध्यान दिएमा धेरै हदसम्म जापानिज इन्सेफलाइटिसबाट हुनबाट बच्न सकिन्छ । योसँगै, यो रोगबाट बच्नको लागि आफ्ना बालबालिकालाई १२ महिनामा जे ई खोप लगाउनुपर्छ । यदि यो खोप लिन छुटको छ भने ५ वर्षको उमेरसम्म पनि जे ई खोप लगाउन सकिन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights