Health TV Online
Health TV Online
Health TV Online

चुरोट कम्पनीको प्रायोजनमा सम्मेलन गर्न पाइँदैन भन्दै स्वास्थ्य मन्त्रालयले काट्यो पत्र

चुरोट कम्पनीको प्रायोजनमा सम्मेलन गर्न पाइँदैन भन्दै स्वास्थ्य मन्त्रालयले काट्यो पत्र

हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन विपरित सूर्य टोबाकोको मुख्य प्रायोजनमा साहित्य सम्मेलन हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसलाई रोक्नका लागि पत्र सम्बन्धित निकायलाई पठाएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयका सदस्य सचिव गोपीकृष्ण रेग्मीले आवश्यक कारवाहीका सम्बन्धमा भन्दै उक्त पत्र कार्यक्रम हुने स्थान ललितमहानगर र जिल्ला प्रशासन कार्यालय ललितपुरलाई पठाएका हुन् । मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ, सुर्तीजन्य पदार्थ उत्पादक कम्पनी, सूर्य नेपाल मुख्य प्रायोजक र आयोजक भई यही भदौ २२ र २३ गते ललितपुरको होटल हिमालयमा सूर्य नेपाल काठमाडौं कालिंग लिटरेरी फेस्टिबल आयोजना गरिएको भन्ने व्यहोराको समाचार विभिन्न सञ्चारमाध्यममा आएको सन्दर्भमा लेखिंदैछ । उक्त ऐनको दफा १० मा सुर्तीजन्य पदार्थको उत्पादक लगायत कसैले पनि विज्ञापन तथा कार्यक्रम प्रायोजन गर्न नपाइने स्पष्ट रुपमा व्यवस्था गरेको पनि पत्रमा उल्लेख छ ।

स्वास्थ्यले पठाएको पत्रमा चुरोट कम्पनीको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रमलाई आवश्यक कारवाही गर्ने जिम्मा कानूनले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई दिएकाले यसबारे बुझेर आवश्यक कारवाही गर्नका लागि आग्रह गरिएको छ । कार्यक्रम ललितपुरमा हुन लागेकाले स्वास्थ्य मन्त्रालयले उक्त पत्र ललितपुरको जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरलाई पठाएको हो । ऐन अनुसार अनुगमन गर्ने र आवश्यक कार्वाही गर्ने अधिकार दुवै निकायसँग भएकाले उक्त पत्र दुईतिर नै पठाइएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐनको दफा २७ ले यस ऐन अन्तर्गतको मुद्धाको कारवाही र किनारा सम्बन्धित जिल्लााको प्रमुख जिल्ला अधिकारीले गर्नेछ भन्ने व्यवस्था गरेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनकै कारण वर्षेनी ३७ हजारभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् । धेरैको ज्यान लिने भएकाले विश्वभर नै उत्पादन अनुमति पाए पनि चुरोट कम्पनीलाई अपराधी उद्योगका रुपमा चित्रण गरिन्छ । त्यसैले यसको विज्ञापन तथा प्रायोजनमा रोक लगाएर यसको सेवनमा कमी ल्याउने नीति संसारभर प्रचलित छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा