बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै गाउँका चार जनाको मृत्यु

हेल्थ टिभी अनलाइन : बाँकेको नरैनापुरमा झाडापखाला लागेका एकै गाउँका ४ जनाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिकाको गेगली गाउँमा फैलिएको झाडापखालाबाट १० जना बिरामी परेकामध्ये ४ जनाको मृत्यु भएको हो । सात जनाको भने उपचार भइरहेको बताइएको छ ।
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्रले झाडापखालाबाट गेगलीका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए। भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए। उनले आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको बताए ।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय भएको बताइएको छ ।
रासस
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights