राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ वर्षमा १३ सय जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफनो स्थापनाको छोटो समयमै प्रत्यारोपणको क्षेत्रमा निकै नै उपलब्धी प्राप्त गर्न सफल भएको छ । संस्था स्थापनाको १२ वर्षमै १३ सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
१३ सय जनाको मिर्गौला र २८ जनाको कलेजो प्रत्यारोपण गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी सरकारका मुख्य सचिव लीलादेवी गड्तौलाले केन्द्रले प्रत्यारोपणका क्षेत्रमा गरेका कामको खुलेर प्रशंसा गरिन । उनले अंग फेल भएका बिरामीको आशाको केन्द्र बन्न सफल भएकोमा धन्यवाद समेत दिइन । उनले केन्द्रले अहिले सिमित स्रोत साधनमा पनि यति राम्रो काम गरेको भन्दै छिटै केन्द्रका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने प्रतिवद्धता दिइन ।
उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला रोग तथा कलेजो प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरुको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको कुरा औंल्याए । केन्द्रको आफ्नो भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गर्न सकेको जनाए ।
उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको कुरा औंल्याउँदै तत्काल सरकारसँग भक्तपुको सुर्यविनायक नगरपालिका स्थित नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गरे । उक्त जग्गा उपलब्ध भएमा मिर्गौला र कलजो प्रत्यारोपणको लागि पर्खाइमा बसिरहेका बिरामीलाई निर्वाध सेवा दिन सकिने कुरा केन्द्रले जनाएको छ ।
उनले भने, गत आर्थिक वर्ष २०८० ८१ मा १९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको कुरा समेत केन्द्रले जनाएको छ जुन रकर्ड विश्वमा विरलै पाइन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights