स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न।
बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुनेछ। अस्पताल निर्माणका लागि सरकारले साडे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समयमै सम्पन्न हुनु पर्ने बताए । मन्त्री बस्नेतले निर्माण व्यबसायी समेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य सधै लागि रहेको दाबी गर्दै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।
संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने दाबी मन्त्री बस्नेतको छ। गोकरणेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका मेयर दीपक रिसाललाई धन्यवाद दिए । गोकर्णेश्वरमा मृगौलाका बिरामीको लागि डायलासिस सेवा सुरु गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गरे । नगर प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताए । निर्माण व्याबसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताए ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव