स्पार्क अस्पतालले हाडजोर्नी तथा नशासम्बन्धी नि:शुल्क शिविर गर्दै

हेल्थ टिभी अनलाइन : काठमाडौंको कालिमाटीमा रहेको देशकै पुरानो प्राकृतिक चिकित्सा सम्बन्धी स्पार्क हेल्थ होम अस्पतालले हाडजोर्नी तथा नशा सम्बन्धी नि:शुल्क शिविर गर्ने भएको छ ।
अस्पतालको ३२ औं वार्षिकोत्सवको अवसर पारेर यही फागुण ११ गते शुक्रबार एक दिने निशुल्क शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शिविरमा पक्षघात, हड्डी खिइएको, नशा च्यापिएको, बाथ घुँडा, जोर्नी दुख्ने लगायतका रोगमा नि:शुल्क परीक्षण गरिनेछ भने अन्य जाँचहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । शिविर बिहान ९ बजेदेखि ४ बजेसम्म रहनेछ । रक्तदान कार्यक्रम भने बिहान ९ देखि १ बजेसम्म मात्र चल्ने जनाइएको छ ।
अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको दिन आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क शिविर गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले जानकारी दिए ।
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय