आरुस लाइफस्टाइल अस्पतालमा मधुमेह, थाइराइड तथा हर्मोनसम्बन्धी नि:शुल्क शिविर

हेल्थ टिभी अनलाइन : ललितपुरको कुपण्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालमा मधुमेह, थाइराइड तथा हर्मोन रोगसम्बन्धी तीन दिने नि:शुल्क शिविरको आयोजना हुने भएको छ ।
यही फागुन १० देखि १२ सम्म शिविर हुने अस्पतालले जनाएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने उक्त शिविरमा विशेषज्ञ चिकित्सकबाट निशुल्क परामर्श तथा सुगर जाँच नि:शुल्क गरिनेछ भने अन्य जाँचहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।
उक्त शिविरको टिममा विशेषज्ञ डाक्टरहरु डा अमित शाक्य, डा सन्तोष शाक्य, डा सुकान्ति शाह, डा रुपक भारी, डा ज्यास्मिन तुलाधर तथा डा सुनिल चौधरी रहेका छन् ।
अस्पतालको फोन नं ०१-५९७००४७ मा फोन गरेर नाम दर्ता गराएर शिविरिबाट नि:शुल्क सेवा तथा परामर्श लिन सकिने पनि अस्पतालले जनाएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समय समयमा यस खालको निशुल्क शिविर गर्दै आएको छ ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव