नेपाल फर्मा एक्स्पो २०२४ को लागि सबै स्टल बुकिङ

हेल्थ टिभी अनलाइन : नवौं नेपाल फर्मा एक्स्पो–२०२४ को लागि सबै स्टल बुकिङ भएका छन्। नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवर्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन्।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदैछ।
उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब) का स्टल रहेको बताए। एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उनले जानकारी दिए।
उनले अहिले स्टलको डिजाइनको काम भइरहेको बताए। एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेका छन्।
प्रत्येक दुई दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव