नेपालगंजमा बृहत पोषण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न

हेल्थ टिभी अनलाइन : शहरी स्वास्थ्य केन्द्र -२ नेपालगंज बाँकेको टिमले पोषण सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
आफनो वडामा रहेका २ बर्ष मुनिका बच्चाहरुका आमाहरुलाई बृहत पोषण सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन यही माघ २५ र २६ गते गरिएको हो । सो कार्यक्रमलाई सोही वडाको वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो । कार्याक्रमको सहजीकरण शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अनमी. रिता शाहीले गरेका थिए ।
समापन कार्यक्रममा आफनो भनाई राख्दै वडाका महिला सदस्य तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष गीता देवि राणाले कार्याक्रम धेरै फलदायी भएको र सो कार्याक्रममा आफुले सिकेका ज्ञानगुनका कुराहरु आÏनो घरवरिपरि रहेका अन्य दिदिबहिनीहरुलाई पनि सिकाउन सहभागीहरुलाई अनुरोध गरेकी थिइन्। यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले यस्ता खालका कार्यक्रम नियमित रुपमा हुनपर्नेमा जोड दिएका थिए ।
विश्व पोषण प्रतिवेदन २०१६, अनुसार आज हामीले आफनो बालबालिकाहरुमा १ रुपैया लगानि गर्यो भने त्यसले भविश्यमा १६ रुपैया बराबरको प्रतिफल प्राप्त हुन्छ । बालबालिकाको ८० प्रतिशत वौद्धिक विकास आमाको गर्भमा आएदेखि २ वर्ष भित्र हुन्छ जसलाई सुनौलो हजार दिन भनिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार गर्भावस्थामा ३० प्रतिशत जन्मेको १ वर्ष भित्र २५ प्रतिशत, २ वर्ष भित्र २५ प्रतिशत ५ वर्ष भित्र १० प्रतिशत र ५ वर्ष पछि १० प्रतिशत वौद्धिक विकास हुने गर्छ ।
नेपालको लागि दिगो विकासको लक्ष्य अनुसार पाँच वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपनलाई सन् २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउटेपनलाई घटाएर ५ प्रतिशत भन्दा कममा झार्ने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ भने प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पता सम्बन्धी समस्यालाई १० प्रतिशतमा झार्ने रहेको छ । यो लक्ष्यलाई प्राप्त गर्न नेपालले अझै धेरै नै मेहनत गर्नुपर्ने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्याङ्कले देखाउछ । सो तथ्याङ्क अनुसार नेपालका पाँच वर्षमुनिका बालबालकिाहरु मध्ये २५ प्रतिशतलाई पुड्कोपन, १९ प्रतिशतलाई कम तौल तथा ८ प्रतिशतलाई ख्याउटेपनको समस्या रहेको छ । सोही तथ्याङ्क अनुसार प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पताको समस्या नेपालमा अहिले पनि ३४ प्रतिशत रहेको छ ।
हाम्रो शरिरलाई स्वस्थ राख्न, बृद्धि विकास गर्न तथा शक्ति प्रदान गर्न आवश्यक पर्ने पोषक तत्वहरुको आवश्यकता तथा हामीले दैनिक खाने आहार बिचको सन्तुलनलाई नै पोषण भनिन्छ । पोषण बिभिन्न खानाहरुको समुह जस्तै अन्न जन्य स्रोतबाट, गेडागुडीबाट, हरियो सागपात तथा फलफुलबाट र पशुपंक्षी जन्य स्रोतबाट प्राप्त गर्न सकिन्छ । विभिन्न कारणहरुले हाम्रो शरीरलाई एक वा धेरै पोषकतत्वहरुको न्यून वा अधिक हुन गई शरिरको एउटा असामान्य अवस्थालाई कुपोषण भनिन्छ । कम तौलको बच्चा जन्मनु, संक्रमण हुनु, आमाले बच्चालाई ६ महिना सम्म पूर्णस्तनपान नगराउनु आदि कारणहरुले बालबालिकाहरुमा कुपोषण हुने गर्छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने