चुरोट कम्पनीको प्रायोजनमा साहित्य सम्मेलन हुनु कानुन र सर्बोच्च अदालतको फैसला विपरित : ज्योति बानियाँ

हेल्थ टिभी अनलाइन : उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सूर्तिजन्य पदार्थ उत्पादन कम्पनीको प्रायोजनमा साहित्यिक कार्यक्रम गरिनु कानुन र सर्वोच्च अदालतको फैसलाको गम्भीर उलंघन भएको बताएका छन्। बानियाँले पोखरामा आगामी ३ देखि ७ फागुनसम्म हुन लागेको नेपाल लिट्रेचर फेस्टिभलमा मुख्य प्रायोजकको रुपमा चुरोट उत्पादन गर्ने कम्पनी सुर्य नेपाल रहेको जानकारीमा आएको र यो सरासर गलत भएको बताएका हुन्।
उनले नेपालका प्रतिष्ठित व्यक्तिहरुको फोटोसहितको निम्तो सूर्य नेपालले वितरण गरिरहेको देखिएको पनि बताए । उनले जनस्वास्थ्य ऎन २०७५ को दफा ४५ मा मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन र मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन, भन्ने ब्यबस्था छ ।
यसैगरी दफा ४६ मा जनस्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने सामाजिक र सांस्कृतिक अन्धविश्वास नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यक उपाय अवलम्बन गर्नेछ भन्ने कानुनी ब्यबस्था छ । उनले यी कानुनी ब्यबस्थाहरुको स्रोत सर्बोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले लेखेको चर्चित फैसला रहेको बताएका छन्। त्यसैका आधारमा मौलिक हक सम्बन्धि ऎन जनस्वास्थ्य ऐन २०७५ आएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘चुरोट उत्पादन गर्ने सुर्य नेपाल कम्पनीको सामाजिक उत्तरदायित्वको रकमबाट पोखरा महानगरपालिका तथा नेपालका ख्यातिप्राप्त ब्यक्तिहरुबाट कार्यक्रम सहकार्य हुनु कानुन र सर्बोच्च अदालतको फैसलाको गम्भीर उलंघन हो। यो कानुन बिपरितको कार्य रोक्न सम्बन्धित सबैसँग अनुरोध छ ।’
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने