क्यान्सर विशेषज्ञ र सर्भाइभर्सको एउटै आवाज : क्यान्सरलाई जित्न सकिन्छ

हेल्थ टिभी अनलाइन : क्यान्सर भन्ने वित्तिकै अझै पनि धेरै जनाको मनमा एक किसिमको डर पैदा हुने गरेको पाइन्छ । त्यसैले त धेरैले यसलाई मृत्युसँग जोड्न पुग्छन् । तर क्यान्सर रोगलाई जितेर स्वस्थ जिवनयापन गरिरहेका सर्भाइभर्सले भने क्यान्सर रोगलाई जित्न सकिने बताउँदै आएका छन् । काठमाडौंमा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आयोजना गरेको एक कार्यक्रममा क्यान्सर विशेषज्ञ र विजेता दुबै पक्षको एउटै भनाई थियो क्यान्सरको समयमै उपचार गरेमा यसलाई जित्न सकिन्छ । त्यसका लागि समयमै उपचार र परिवारको साथ चाहिने उनीहरुको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पिया, डा राजेन्द्र बराल, डा विवेक आचार्य, डा गिसुप निख प्रसिको, डा सुदिप श्रेष्ठ, डा अरुण शाही लगायत विशेषज्ञले क्यान्सरको उपचारमा नेपालले धेरै नै फड्को मारिसकेको भन्दै कुनै पनि उपचारका लागि पहिले जस्तो बाहिर गइहाल्नुपर्ने अवस्था नरहेको बताए । साथै क्यान्सरको उपचार सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गरेमा यसलाई निको बनाउन सकिने पनि उनीहरुले जानकारी दिए ।
यसैगरी कायक्रममा सभाईभर्सहरुले पनि आफूहहरुले क्यान्सरको उपचारपछि पनि सक्रिय र स्वस्थ जीवन यापन गर्न सकेको भन्दै क्यान्सरलाई हाउगुजीका रुपमा नलिई यसको समयमै उपचारतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । सोसाइटीकी अध्यक्ष प्रमिता खनालले क्यान्सरको उपचारको क्रममा उपचार मात्रै नभई राेगलाई जित्न बिरामीको हौसला पनि बढाउन जरुरी रहेको बताइन् । यसका लागि सर्भाइभर्स सोसाइटीले विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीलाई काउन्सिलिङ समेत गर्दै आएको जानकारी दिइन ।
कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ, क्यान्सर विजेता, संघ संस्थाका प्रतिनिधी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने