Health TV Online
Health TV Online

ह्याम्स अस्पतालको आइभीएफ क्लिनिकमा सयभन्दा बढी दम्पत्तीको भ्रुण प्रत्यारोपण

ह्याम्स अस्पतालको आइभीएफ क्लिनिकमा सयभन्दा बढी दम्पत्तीको भ्रुण प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालको आइभीएफ क्लिनिकमा सय भन्दा बढी दम्पत्तीको भ्रुण प्रत्यारोपण गरिएको छ । अस्पतालले आइभीएफ तथा नि:सन्तान क्लिनिक संचालन गरेको १४ महिनामा सय बढी दम्पत्तीको सफल भ्रुण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।

अस्पतालले सय भन्दा बढी सफल भ्रुण प्रत्यारोपण गरेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरि उक्त जानकारी गराएको हो । ह्याम्स अस्पतालको आइभीएफ तथा नि:सन्तान क्लिनिकमा आउनेमध्ये ३० देखि ४० प्रतिशत विदेशमा बस्ने नेपाली रहेको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले जानकारी दिए। कोही पनि निःसन्तान दम्पत्ती सन्तान सुखबाट बन्चित नहोस् भन्ने उदेश्यले क्लिनिक खुलेको १४ महिनामै २५० भन्दा बढी दम्पतिले आइभीएफ सेवा लिएको र ६५ प्रतिशत सम्म सफल गर्भधारण दर रहेको डा शर्माले बताए।

ह्याम्समा आइभीएफ क्लिनिकको विशेषज्ञ टिममा मुलुकमै सर्वप्रथम आइभीएफ सेवा शुरू गर्ने वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त तथा डा अतित पौडेलसहित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शन्देश पौडेल, डा ईच्छा उप्रेती, डा करिष्मा पाण्डे तथा रेशिष श्रेष्ठ लगायत रहेका छन्।

अस्पतालले निःसन्तान दम्पत्तीका लागि बेलाबेलामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ। साथै अस्पतालले विपन्न नागरिकहरूका लागि विशेष छुट तथा नि:शुल्क परामर्श सेवा समेत प्रदान गर्दै आइरहेकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार