नेपालमा पहिलोपटक नेपाली चिकित्सककै टोलीद्धारा सफल कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । यसअघि भएका कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिने गरेकोमा यसपटक भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सकको सहयोग बिना नै नेपाली चिकित्सकहरुकै टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको छ ।
शिक्षण अस्पतालका बरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ मा गरिएको पछिल्लो केश कलेजो प्रत्यारोपणमा कुनै विदेशी चिकित्सकको उपस्थिति थिएन । नेपाली चिकित्सकहरुको टोलीले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । ‘कलेजो दाता रहेकी श्रीमती १० दिन अघि नै डिस्चार्ज भइसकेकी हुन् । कलेजो ग्रहणकर्ता उनका श्रीमान् स्वास्थ्यलाभ गरी आज डिस्चार्ज हुँदैछन्,’ सर्जन डा भण्डारीले भने । उनले यसअघि गरिएका १० जना बिरामीमीको प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइएको र यो ११ औं बिरामीमा आफू लगायतको नेपाली चिकित्सक टोलीले नै प्रत्यारोपण गर्न सफल भएको बताए । उनले अबदेखि कलेजो प्रत्यारोपणका लागि विदेशी चिकित्सक बोलाउन नपर्ने भएको समेत जिकीर गरे ।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा कलेजो प्रत्यारोपण सम्पन्न भएको हो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा