ह्याम्स अस्पतालमा नि:सन्तान दम्पत्तीलाई नि:शुल्क परामर्श सेवा

हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले निसन्तान दम्पत्तीलाई आउँदो शनिबार नि:शुल्क परामर्श सेवा दिने भएको छ ।
यही माघ १३ गते शनिबार बिहान १० बजेदेखि २ बजेसम्म निशुल्क परामर्श सेवा दिन लागेको अस्पतालले जनाएको छ । अस्पतालले निसन्तानको समस्या भएका दम्पत्तीहरुको समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क परामर्श सेवा दिन लागेको जनाएको हो ।
यसका साथै सो सम्बन्धी सबै खालका जाँचहरुमा २० प्रतिशत छुट तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको पनि व्यवस्था अस्पतालले गरेको छ । उक्त सेवा अस्पतालको आइभीएफ केन्द्रमा सञ्चालन गरिने वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालले जानकारी दिएका छन् ।
परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा करिष्मा पाण्डे, डा रेशीस श्रेष्ठ र डा इच्छा उप्रेती रहेका छन्।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव