जाडोमा छाला सुख्खा हुने समस्या र बच्ने उपाय

हेल्थ टिभी अनलाइन : जाडोयाममा छाला फुस्रो हुने र फुट्ने समस्या देखा पर्छन्। कतिमा चिसोमा काम गर्ने बित्तिकै हातखुट्टा सुन्निने, चिलाउने, रातो हुने, पानीको फोका आउने र फुटेर घाउ हुने समस्या देखिन्छ। यसलाई ‘चिलबेल्न’ भनिन्छ।
चिलबेल्नको समस्या आउन नदिन लुगा धुँदा, भाँडा माझ्दा वा कुनै पनि काममा चिसोपानी प्रयोग गर्दा पञ्जाको प्रयोग गर्नुपर्छ। सकेसम्म चिसो समयमा धेरैबेरसम्म चिसो पानीमा बस्नुहुँदैन।
चिसोका कारण कतिपय तातोपानीले नुहाउने गर्छन्। तर यो गलत हो। किनभने तातोपानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुने हुन्छ। सके चिसो नभए मनतातो पानीले नुहाउनु पर्छ।
चाया बढी पर्ने समस्या रहेका व्यक्तिले उपयुक्त हुने एन्टीडेन्ड्रफ स्याम्पुले हप्तामा कम्तीमा दुईपटक टाउको नुहाउने गर्नुपर्छ। नुहाउने क्रममा स्याम्पुले कपाल राम्रोसँग मसाज गर्नुपर्छ।
नुहाएपछि नरम कपडाले शरीर पुस्ने गर्नुपर्छ तर, धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन।
जाडोमा छाला तुलनात्मक रूपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडीलोशन वा तेल लगाउनुपर्छ।
जाडोमा पानी पनि कम पिउने गरिन्छ। सकेसम्म पानी धेरै पिउनुपर्छ। रसिलो फलफूल तथा झोलयुक्त खाना बढी खाने गर्नुपर्छ। यसले छालाको सुरक्षा गर्छ।
घरबाट बाहिर निस्कँदा हातमा पञ्जा, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने। यी विधि अपनाएमा तपाई छाला सधैँ चम्किलो स्वस्थ रहन्छ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव