सुस्वास्थ हस्पिटलले मनायो ८ औं वार्षिकोत्सव, नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता

हेल्थ टिभी अनलाइन : प्राकृतिक चिकित्सामा आफनै छुट्टै पहिचान बनाउन सफल मिनभवनमा रहेको सुस्वास्थ हस्पिटलले आठ वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । औषधिरहित उपचार पद्धतिलाई एकीकृत रुपमा प्रयोग गरी बिरामीको उपचार तथा निरोगी व्यक्तिको समेत स्वास्थ्य प्रवर्धन गर्ने उद्धेस्यसहित ९ वर्षअघि माघ १ देखि सेवा सुरु गरेको अस्पताल आजदेखि ९ वर्षमा प्रवेश गरेको हो ।
अस्पतालले नसा तथा हाडजोर्नीका बिरामीको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । वार्षिक रुपमा १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिए । उनले भने, ‘हामीले वर्षमा १३ सय भन्दा बढी नयाँ बिरामीलाई सेवा दिन सफल भएका छौं । त्यसमध्ये ९० प्रतिशत हाडजोर्नी र नसाका बिरामी हुने गरेका छन्। नसा च्यपिाएका बिरामीको हकमा त अस्पतालले ९० प्रतिशतसम्म सफलता प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार यसलाई निकै राम्रो रिजल्ट मानिन्छ । उनले थपे ।’
यसबाहेक पक्षघातको उपचार, माइग्रेन, एन्जाइटी, डिप्रेसन, अनिद्रा लगायतका उपचारका लागि पनि बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालले रोगीको उपचारका साथै निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गर्दै आएको र विभिन्न संस्थामा कार्यरत कर्मचारीका लागि ढाड कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका आसन र कसरत सिकाउने गरेको बस्नेतले बताए । सञ्चारमाध्यम, कलेज, स्कुल, वित्तिय संस्था लगायतका कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो । यो सेवाबाट २ सय बढी कर्मचारी लाभान्वित भएको जनाइएको छ ।
अस्पतालका अध्यक्ष बस्नेतका अनुसार सुस्वास्थ हस्पिटलले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत १२ स्थानमा स्वास्थ्य शिविर मार्फत ५ हजारभन्दा बढी बिरामीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।
आगामी दिनमा अस्पतालले आफनो सेवा विस्तार गर्दै प्रदेशस्तरमा पनि शाखा स्थापनाको तयारी गरिरहेको पनि बस्नेतले जानकारी दिए ।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव