शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण गरिएको छ ।
विरगञ्ज पर्साका ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपणपछि बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैगरी उनीसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ । डा श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण केन्द्रले सिमित स्रोत साधनमा पनि नियमित मिर्गौला तथा कलेजोको सफल प्रत्यारोपण गर्दै आएको छ ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति