वीर अस्पतालमा तालाबन्दी गरे आफै आएर खोल्छु : स्वास्थ्यमन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा कसैले तालाबन्दी गरेमा आफै आएर ताला फोड्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा शुक्रबार आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिलोज्यान दिएर काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।
विभिन्न स्वार्थ समूहले आफ्नो स्वार्थ पुरा नहुदा अस्पतालमा ताला लगाउनेसम्मको अनुशासनहिन काम भएको पाइएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले अर्को पटक कुनै पनि बहानामा विरामीको उपचार प्रभावित पारेर ताला लगाइए ठीक नहुने चेतावनी दिए ।
’उनले आफूलाई गलत गर्नेलाई ठेगान लगाउन आउने भन्दै उनले वीर अस्पतालमा कसैले पनि बदमासी गर्ने नसोचे हुने जिकीर गरे । उनले भने अब वीरमा तालाबन्दी चल्दैन ।
मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले आफू आएपछि वीरमा एकपछि अर्को सेवा थपिंदै गएको पनि जानकारी दिए । उनले महिलालाई क्यान्सर निदानका लागि मेमोग्राफी सेवाले ठूलो राहत हुने समेत बताए ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति