केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिङ शिविर

हेल्थ टिभी अनलाइन : काठमाडौंको महिला सुधारगृहमा क्यान्सर सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाण्डौ, युगदर्पणको पहलमा ९ वटा लायन्स क्लबहरु रहेको लायन्स अन्तराष्ट्रिय,जिल्ला ३२५ जे नेपालले केन्द्रिय कारागार अस्पतालको ब्यवस्थापन र सहजीकरणमा कारागार कार्यालय जगन्नाथदेवलमा रहेको महिला सुधार गृहमा रहेका ३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परिक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ,आधारभुत औषधी बितरण तथा परामर्श सेवा प्रदान गरिएको हो ।
सुधारगृहमा रहेका महिलाहरुलाई ब्यक्तिगत सरसफाईका बारेमा सचेत गराउँदै अस्पतालमा बिरामी भएपछि मात्रै जाने नभई स्वस्थताको प्रमाण लिन पनि जान र आउन प्रोत्साहन गरिएको केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताए ।
लायन्स ईन्टरनेसनल जिल्लाका प्रमुख सल्लाहाकार लायन देबी थापा गुरुडको नेतृत्वको स्वास्थ्यकर्मी टोलीमा लायन हरि प्रसाद मरहट्टा, डा. प्रफुल्ल,डा. बिना लगायतका एक दर्जन समाजसेवी तथा स्वास्थ्यकर्मी रहेको केन्द्रिय कारागार अस्पतालका प्रमुख डा. बुढाथोकीले जानकारी दिए । ।शिविरमा सामान्य स्वास्थ्य परिक्षणको अतिरिक्त पाठेघरको मुखको क्यान्सर स्क्रिनिड भीआईए बिधिबाट १ सय ८९ जनाको तथा स्तन क्यान्सरको स्क्रिनिड २ सय ५ जनाको गरिएको थियो । डा. बुढाथोकीका अनुसार भीआईए विधिमा २ जना पाठेघरको मुखको क्यान्सर शंकास्पद र एक जना कन्फर्म देखिएको छ भने स्तन क्यान्सरका २ जना शंकास्पद रहेको छ र ऊनीहरु लगायत सवै बिरामीहरुको थप परिक्षण, निदान र उपचार केन्द्रिय कारागार अस्पतालले गर्ने ब्यवस्था मिलाएको छ ।
कार्यक्रममा केन्द्रिय कारागार अस्पताल कारागार कार्यालयका ब्यवस्थापक ललित बस्नेत, स्वास्थ्यकर्मी कल्पना ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा