भारतबाट फर्किएकामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन : भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा कोभिडको नयाँ भेरिएन्ट जेएन वान पुष्टि भएपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अहिले अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ , नयाँ भेरियन्ट नदेखिए पनि कोरोना संक्रमण भने देखिएको जनाइएको छ । नाकामा परीक्षण गर्दा पोजेटिभ आएकालाई आइसोलेसनमा बस्न सल्लाह दिएर छोड्ने गरेको पाइएको छ । उता अन्य नाकाहरुमा पनि हेल्थ डेस्क मार्फत परीक्षण गर्न भनिएको स्वास्थ्य मन्त्रालयलय जनाएको छ ।
छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ति समेत निकालेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाको नयाँ भेरियन्ट जेएन वान भने पुष्टि भएको छैन ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति