Health TV Online
Health TV Online
Health TV Online

छिमेकी देशमा कोभिड बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

छिमेकी देशमा कोभिड बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन : विश्वलाई त्रसित बनाएको कोभिड संक्रमण फेरि एकपटक नयाँ स्वरुपमा  देखिन थालेको छ । भारत, चीन छिमेकी देशहरुमा नयाँ भेरियन्टको कोभिड पुष्टी भएपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकाहरुमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

विश्वका केही देशमा अहिले कोभिड –१९ को नयाँ सव भेरियन्ट जे एन पोइन्ट १ तीब्र रुपमा फैलिनुका साथै छिमेकी देशमा समेत पुष्टी भएपछि मन्त्रालयले नेपालमा पनि जोखिम हुनसक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यसबाट जोगिनका लागि फेरि एकपटक जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरेको छ । मास्क अनिवार्य लगाउन, अत्यावश्यक नभएसम्म भिडभाडमा नजान तथा भौतिक दुरी कायमगर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ को नयाँ सव भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क, स्वास्थ्य संस्था तथा सरोकारवाला मार्फत स्क्रिनिङ तथा निगरानी भइरहेको तथा कोभिड १९ को व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको जानकारी गराइन्छ ।’

मन्त्रालयले कोभिडको नयाँ सव भेरियन्ट अहिलेसम्म नेपालमा भने पुष्टि नभएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा