तराईमा शितलहर र हुस्सु लाग्न सुरु, सतर्कता अपनाउन आग्रह

हेल्थ टिभी अनलाइन : बाँके, बर्दियालगायतका पश्चिम तराईका जिल्लामा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
शीतलहरसँगै जाडोका कारण मानिसको जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । यहीवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई न्यानो राख्न बिहान बेलुकाको समय घरबाहिर ननिस्कन तथा आफूलाई न्यानो राख्दै तातो स्वस्थ खानेकुरा खान आग्रह गरेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको स्थनीयहरुले बताएका छन् ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति