डा भगवान कोइरालाको अस्पताललाई सिटिजन्स बैंकको सहयोग

हेल्थ टिभी अनलाइन : सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग पाण्डेले बाल अस्पतालका संस्थापक अध्यक्ष प्राडा कोइरालालाई रकम हस्तान्तरण गरे ।
सिटिजन्स बैक र सिटिजन लाइफ इन्स्योरेन्स लोमस ग्रुपका मेजर शेयर भएका पब्लिक कम्पनी हुन्। जसले लोमस फर्मासिटिकल्स कम्पनी पनि चलाउँदै आएको छ ।
लोमस ग्रुपले आफनो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अस्पताललाई सहयोग गरेको कम्पनीका मार्केटिंग निर्देशक प्रनव जंग पाण्डेले जानकारी दिए ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति