Health TV Online
Health TV Online

डा गोविन्द केसीको अनशन अहिलेलाई स्थगित

डा गोविन्द केसीको अनशन अहिलेलाई स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीको माग पुरा गर्ने प्रतिवद्धता सरकारले गरेपछि डा केसीले अहिलेलाई आफनो अनशन स्थगित गरेका छन् । डा केसीले सोमबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।

सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने उनले जनाएका छन्।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌ सिटिईभिटीको सिट निर्धारण र विद्यार्थी भर्ना लगायतका विषयलाई लिएर अनशनको घोषणा गरेका डा केसीलाई सरकारले मागका सम्बन्धमा समय आवश्यक पर्ने भन्दै अनशन स्थगित गर्न अनुरोध गरेको थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना