चिकित्सक संघले भन्यो- ‘नक्कली डाक्टरका नाममा सक्कली डाक्टरलाई पक्राउ गर्नु गम्भीर त्रुटी’
सीआइबीले नक्कली भनेर पक्राउ गरेका डा रञ्जितकुमार यादव रिहा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले सीआइबीले चलाएको अनुसन्धान अन्तर्गत सक्कली चिकित्सकलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका डा रञ्जितकुमार यादवलाई नक्कली चिकित्सक भन्दै पक्राउ गरेकोमा आपत्ति जनाएको हो । आफनो काममा दत्त चित्त भएर सेवा गरिरहेका चिकित्सकको मानमर्दन हुने गरी तथा न्युनतम मानवअधिकारको समत ख्याल नगरी फितलो अनुसन्धानका आधारमा पक्राउ गरेको संघले भत्सर्ना गरेको छ ।
नेपाल मेडिकल काउन्सिल जस्तो जिम्मेवार संस्थाले सीआइबीलाई कसरी गलत विवरण दियो भन्दै संघले काउन्सिललाई पनि सच्चिन भनेको छ । यसरी गलत सूचना दिनेलाई कडा कारवाही गर्न समेत संघले आग्रह गरेको छ ।
नक्कली डाक्टर भन्दै पक्राउ परेका सक्कली डा रञ्जितकुमार यादव रिहा भइसकेका छन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति