Health TV Online
Health TV Online

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आन्दोलन

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आन्दोलन

हेल्थ टिभी अनलाइन\काठमाडौं : चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा आयोगको अदूरदर्शिता र असक्षमताका कारण नेपालको चिकित्सा क्षेत्र तहस—नहस भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघर्ष समितिलेबिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर विरोधका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो । समितिले चिकित्सा शिक्षा ऐन परिमार्जन, सिटीइभिटीको पुनसंरचना, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने, आयोग र सिटीइभिटीको बदनियतले बन्द भएका नर्सिङ कलेजमा तत्काल भर्ना खोल्नुपर्नेलगायतका माग राखेर आन्दोलन सुरु गरेको हो ।

कार्यक्रममा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले आफूहरुले पटकपटक शान्तिपूर्ण रुपले माग राख्दा सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रनु परेको बताए । उनले तेस्रो  चरणको कार्यक्रम अन्तर्गत २७ साउन शनिबार माइतीघर मण्डलामा ९ देखि १२ बजेसम्म धर्ना दिइने र सो धर्ना कार्यक्रम देशभर सुरू हुने बताए । २८ गते आइतबार देशभर धर्नाको समर्थनमा शान्तिपूर्ण र्याली आयोजना गर्ने र सो दिन सबै कलेजसमेत बन्द गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालकहरुले चिकित्सा शिक्षा आयोगको एकलौटी निर्णय र अव्यवहारिक प्रणालीका कारण देशभित्रै गुणस्तरीय स्वास्थ्य शिक्षाको प्रचुर सम्भावना हुँदाहुँदै विद्यार्थीहरु विदेशिन बाध्य भएको भन्दै चिकित्सा शिक्षा आयोग खारेज सम्मको माग अघि सारेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना