एकल महिला र उनीहरुका छोराछोरीलाई क्यान्सर उपचारमा छुट

हेल्थ टिभी अनलाइन \काठमाडौं : एकल महिला र उनीहरुका १८ वर्ष मूनिका छोराछोरीलाई क्यान्सर उपचारमा छुट दिइने भएको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले उक्त छुट प्रदान गर्ने भएको हो ।
बुधबार क्यान्सर उपचारबारे मानव अधिकारको लागि महिला, एकल महिला समूह र नेपाल क्यान्सर अस्पतालवीच सम्झौता भएको हो । सो सम्झौता पत्रमा अस्पतालका तर्फबाट निर्देशक स्वरुपा श्रेष्ठ र समूहका तर्फबाट अध्यक्ष कविता पाण्डेले हस्ताक्षर गरेका हुन।
यो सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले वेलनेस प्याकेज अन्तर्गत समूहका सदस्यहरुलाई र उनीहरुका १८ वर्ष मूनिका छोराछोरीलाई उपचारमा छुट दिनेछ । यो सम्झौता एक वर्षका लागि मान्य हुनेछ । मानव अधिकारको लागि महिला, एकल महिला समूह महिलाहरुको हक अधिकारमा काम गर्ने संस्था हो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति