स्वास्थ्य मन्त्री बस्नेतले भने- ‘ठूला उपकरण अब खरिद गर्दैनौ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक ठूला स्वास्थ्य उपकरण खरिद नगर्ने बताएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को वाग्मती प्रदेशको प्रादेशिक सार्वजनिकिरणको अवसरमा धुलिखेलमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारी अस्पतालहरुले महंगा र ठूला उपकरण खरिद गर्दा विरामीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भएको पाइएकोले अब मन्त्रालयले अत्यावश्यक बाहेक ठूला उपकरण खरिद नगर्ने बताएका हुन ।
बजार मूल्य भन्दा बढी मूल्य राखेर टेण्डर गर्ने गरेको पाइएको बताउदै मन्त्री बस्नेतले अहिलेको खरिद प्रकृया सुधार गरेपछि मात्र ठूला उपकरण खरिद गरिने दावी गरेका छन् । मन्त्री बस्नेतले भने, ‘एक्सरे, इसिजी, भिडियो एक्सरे लगायतका साना उपकरण नभएकै कारण दूरदराजका जनताले समान्य उपचार समेत पाउन सकिरहेका छैनन् । मन्त्रालयले त्यतातिर पनि ध्यान दिनु जरुरी छ ।’ महंगा उपकरण खरिद हुनुको एउँटा कारण उपचारका लागि भए पनि अर्को कारण स्वार्थ केन्द्रित हुने गरेकाले आफूले उपकरण खरिदमा चासो देखाएको मन्त्री बस्नेतको बताए ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनामै स्वास्थ्यमा जनताले अनुभूति हुने गरि काम गरेको बताउदै मन्त्री बस्नेतले सम्पूर्ण संघीय अस्पतालका ३ हजार ५ सय २३ जनरल शैया विपन्नका लागि निशुल्क गरेको र निजी अस्पतालहरुमा समेत १० प्रतिसत शैया विपन्नका लागि निशुल्क गर्नु पर्ने नियम कडाईका लागि लागु गराएको दावी गरे । धूमपानमा लाग्ने स्वास्थ्य कर कोषको सम्पूर्ण रकम स्वास्थ्य मन्त्रालयले पाउनु पर्नेमा अर्थ मन्त्रालयले ६ अर्ब रुपैया मध्ये स्वास्थ्यलाई ४० करोड मात्र दिने गरेको बताउदै स्वास्थ्य करको सम्पूर्ण रकम स्वास्थ्यले पाउनु पर्नेमा जोड दिए । स्वास्थ्य कर कोषको रकमले विपन्नको निुशल्क उपचार र दुर्गममा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्नमा खर्च गर्न सकिने उनले बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले सरकारका तिन वटै तहबिच एक आपसमा सहकार्य नभएसम्म स्वास्थ्य क्षेत्रमा आशा गरे अनुसार उपलब्धी हुन नसक्ने बताए । कार्यक्रममा बागमती प्रदेशका स्थानिय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य साखा प्रमुखहरुको सहभागिता थियो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आफू रुपान्तरण भएर मात्र स्वास्थ्य क्षेत्रको रुपान्तरण गर्न सकिने बताउदै आफू रुपान्तरण हुन तयार रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोसन पोखरेलले आर्थिक श्रोतको अभावमा स्थानिय तहमा खोखिएका ५, १० र १५ शैयाका स्वास्थ्य संस्था बन्द हुन नदिने बताउदै जनशक्ति व्यवस्थापनका लागि पनि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पैरवी गरिरहेको बताए ।
स्वास्थ्य विमामा केही समस्या रहेको बताउदै डा।पोखरेलले त्यसमा केही दिनमै देखिने गरि सुधार गर्न लागिएको जानकारी दिए । कार्यक्रममा बिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले आफूहरुले भोग्नु परेका स्वास्थ्य क्षेत्रका समस्याका विषयमा जिज्ञाषा राखेका थिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महासाखाका प्रमुख डा कृष्ण पौडेलले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को वाग्मती प्रदेशको प्रादेशिक स्थितिका बिषयमा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगु संक्रमणको वर्तमान अवस्था र स्थानिय निकायको भूमिकाका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति