सात हजार सात सय जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै धरानमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको र ती मध्ये ७ जनाको मृत्यु भएको बताएका हुन् ।
सबैभन्दा धेरै सुनसरीको धरानमा डेंगु संक्रमण देखिएको पनि डा मरासिनीले जनाएका छन् । अहिले सम्म ७१ जिल्लामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । पानी परिरहेकाले यो बेला अझ धेरै डेंगु संक्रमणको जोखिम बढ्ने हुँदा अहिले विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।
उनले डेंगुबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले यसबाट बच्न घर वरपर पानी जम्न नदिन, पुरै शरीर ढाकिने लुगा लगाउन तथा झ्याल ढोकामा जाली लगाउन आग्रह गरे ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति