नेपाल क्यान्सर अस्पताल र खिचापोखरी न्युरोड बिजनेस एशोसिएसनवीच उपचारमा सम्झौता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र खिचापोखरी न्युरोड बिजनेस एशोसिएसनवीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ ।
बिहिबार अस्पतालका तर्फबाट अध्यक्ष डा सुदिप श्रेष्ठ र एशोसिएसनका तर्फबाट अध्यक्ष सागर शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतासँगै अबदेखि नेपाल क्यान्सर अस्पतालमा एशोसिएसनका सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गरिनेछ ।
साथै त्यहाँ हुने ल्याब परीक्षणहरुमा पनि विशेष छुटको व्यवस्था गरिने जनाइएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति