Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न

नेपाल क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले फोक्सोको क्यान्सरबारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार विश्व फोक्सो क्यान्सर दिवसको अवसर पारेर अस्पतालमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रममको आयोजना गरिएको हो ।

कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा सम्पूर्णमान तुलाधरले नेपालमा फोक्सो क्यान्सरका बिरामी र उनीहरुको अवस्थाबारे प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमा अस्पतालका विभिन्न विभागका कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीकाे सहभागिता रहेको थियो ।

विश्वमा पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर नै पहिलो नंबरमा पर्छ भने सबैभन्दा बढी मृत्युको कारण पनि यही क्यान्सर बन्ने गरेको छ । नेपालमा पनि पुरुषहरुमा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा देखिने क्यान्सर भनेको फोक्सोको क्यान्सर नै हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना