वीर अस्पतालले मनायो १३४ औं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालले शुक्रबार आफनो १३४ औं वार्षिकोत्सव मनाएको छ । गरिब तथा विपन्न वर्गको ठूलो भरोसाको केन्द्र बनेको वीर अस्पतालले निकै उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेको हो ।
शुक्रबार वार्षिकोत्सव समारोहको आयोजना गर्दै अस्पतालले खुशीयाली बाँडेको हो । वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालले दुखी गरिबहरुलाई दिएको स्वास्थ्य सेवा अतुलनीय भएको बताए । उनले कोही नभएका र आर्थिक अवस्था कमजोर भएर ज्यान गुमाउनुपर्ने अवस्थाका बिरामीका लागि वीर अस्पतालको ढोका सधैं खुला रहने बताए । उनले अहिले वीर अस्पतालमा भएको सुधारलाई देखेर आफू प्रसन्न भएको समेत जिकीर गरे ।
मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दावी गरे । वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए । वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए ।
उनले भने, ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिव, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढीरहेको मन्त्री बस्नेतले जानकारी दिए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीर अस्पताल सबैको आशा र भरोसाको केन्द्र बन्दै गएको जनाए । यसैगरी अस्पतलाका निर्देशक डा सन्तोष पौडेलले अहिले वीर अस्पताललाई कसरी सेवाग्राहीलाई सहज हुन्छ भनेर विभिन्न कार्यक्रमहरु अघि ल्याएको जानकारी दिए ।
राणा प्रधानमन्त्री वीर शमशेरले यो १३४ वर्षअघि वीर अस्पतालको स्थापना गरेका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति