Health TV Online
Health TV Online

नर्सलाई बेलायत पठाउन सरकारले माग्यो आवेदन

नर्सलाई बेलायत पठाउन सरकारले माग्यो आवेदन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालबाट बेलायतमा नर्स पठाउनका लागि नेपाल सरकार र बेलायत सरकारबीच सम्झौता भएको छ । सम्झौता भएसँगै श्रम तथा रोगगार मन्त्रालयले त्यहाँ जान चाहने नर्सका लागि अनलाइन आवेदन खुल्ला गरेको छ । श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।

त्यसका लागि २० जुलाईदेखि अक्टुबर १९ सम्म बेलायत जान इच्छुक र मापदण्ड पुरा गरेका नर्सले अनलाइनमार्फत आवेदन भर्न सक्ने जनाइएको छ ।

नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन पूरा गरी स्टाफ नर्स, नर्सिङमा स्नातक वा नर्सिङमा स्नातकोत्तर गरेकाले आवेदन दिन पाउने छन्। बेलायत जान आवेदन दिने नर्सले आईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्ष कम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

बेलायतमा रोजगारीका लागि नर्स लैजाने विषयमा दुई देशबीच एक वर्षअघि नै सम्झौता भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना