वर्षेनी ९ हजार बिरामी पुग्छन उपचारका लागि कलकत्ताको एएमआरआई हस्पिटल

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको कलकत्तामा रहेको एएमआरआई हस्पिटलमा वर्षेनी उपचारका लागि ९ हजार बिरामी पुग्ने गरेको पाइएको छ । मंगलबार काठमाडौंमा एएमआरआई हस्पिटलले पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो ।
एएमआरआई हस्पिटल्स ग्रुपका सिइओ रुपक बरुवाले नेपालबाट ठूलो संख्यामा जटिल खालका बिरामी आफनो अस्पतालमा आउने गरेको बताए । उनले भने, विशेष गरी मिर्गौला प्रत्यारोपण तथा अन्य जटिल शल्यक्रियाका लागि नेपालीहरु एएमआरआई हस्पिटल आउने गर्छन । उनीहरुका लागि हामीले अन्तरााष्ट्रिय बिरामीको क्याटागोरीमा नराखेर भारतीय बिरामी सरहकै शुल्क लिने गरेका छौं । जति भारतीयले उपचार शुल्क तिर्छन त्यसमा नेपालीले थप केही पनि तिर्न पर्दैन । जसले गर्दा नेपालबाट गएका बिरामीलाई केही हदसम्म भए पनि राहत हुन्छ ।
उनले आफनो अस्पतालमा विश्वस्तरीय उपचार सेवा उच्च प्रविधीसहित दिइरहेको भन्दै यति हुँदा पनि सेवा शुल्क बिरामीको पहुँचबाहिर नभएर ठिक्क खालको भएको समेत जिकीर गरे । उनले आफनो अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि छूटका प्याकेजहरु अघि सारेको समेत बताए ।
बरुवाले एएमआरआई १२ सय बेडको मल्टीस्पेसियालिटी अस्पतालले आफनो स्थापनाको २८ वर्षमा ४ वटा स्थानमा अस्पताल बनाउन सफल भएको समेत जिकीर गरे । यसका तीन वटा शाखा अस्पताल कलकत्तामै रहेका छन् भने एउटा भने उडिसामा रहेको छ । यस अस्ँपतालले वर्षमा ४ लाख ४५ हजार बिरामीको उपचार गर्ने गरेको बताइएको छ । तीमध्ये ४५ हजारको शल्यक्रिया हुने गरेको छ ।
काठमाडौंमा गरिएको पत्रकार सम्मेलनका क्रममा अस्पतालका नेफ्रोलोजिस्ट डा आज्ञ मजुम्दरले हालसम्म ६२ जना नेपाली बिरामीको एएमआरआई अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए । यही भिजिटका क्रममा केही बिरामीलाई भेट्ने कार्यक्रम पनि रहेको उनले बताए ।
यसैगरी अस्पतालका वरिष्ठ कार्डियो सर्जन डा सिद्धार्थ मुखर्जीले आफूहरुकोमा विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि प्रयोग गरेर मुटुको शल्यक्रिया हुने गरेको जानकारी दिंदै कयौं मुटुका समस्या भएका नेपाली बिरामीहरु हेरेको समेत जिकीर गरे । उनले वहाँ उपचार गराएका बिरामीलाई टेलिमेडिसिन मार्फत रिपोर्ट हेर्ने तथा परामर्श दिइने हुँदा बारम्बार अस्पताल नै गइरहन नपर्ने समेत जनाए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति