प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालकाे कार्डियाक अरेस्टका कारण निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अचेत अवस्थामा उनलाई आज बिहान अस्पताल लगिएको थियो ।
सीता लामोसमयदेखि न्यूरो सम्बन्धी ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ नामक दुर्लभ रोगग्रसित भएर ओछ्यान परेकी थिइन । उनी ६९ वर्षकी थिइन । विभिन्न समस्याबाट थला परेकी दाहालको कार्डियाक अरेस्टका कारण निधन भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति