आत्महत्या जस्तो संवेदनशील विषयमा स्वास्थ्यमन्त्री बस्नेतको हल्का टिप्पणी

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्मचारी सरुवाको कुरालाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको छ ।
बस्नेतले केही कर्मचारी सरुवा गर्ने क्रममा केही कर्मचारीले मेरो काम यहीं नै हुनुपर्छ नत्र आत्महत्या गर्छु भनेर आउने गरेको र उनीहरुलाई आत्महत्याका लागि डोरी दिनुस भनेर सचिवहरुलाई आफूले भनेको बताएका छन्। उनले कर्मचारीले सचिवकोमा आफनो सरुवा गरिए आत्महत्या गर्ने सम्मको घुर्की लाएको भन्दै त्यसो गर्ने भए डोरी किनेर दिनुस र सचिवको कोठामा झुन्डिन मन नलागे मन्त्रीको कोठामा जान भन्दिनुस् भनेको समेत जिकीर गरे । आफूले २ महिनामा गरेका कामको उपलब्धि सार्वजनिक गर्न सोमबार मन्त्रालयको हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
आत्महत्या जस्तो संवेदनशलि विषयमा मन्त्री जस्तो सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले हल्का र गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै सबैतिर उनको निन्दा भइरहेको छ । यहीवीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मन्त्री बस्नेतको कर्मचारी सरुवालाई लिएर आत्महत्याको विषयमा गरेको टिप्पणी आपत्तिजनक भएको बताएकी छिन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति