Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री बस्नेतले सुनाए २ महिने उपलब्धि

स्वास्थ्य मन्त्री बस्नेतले सुनाए २ महिने उपलब्धि

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका आफनो २ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।

सोमबार मन्त्रालयमा कार्यक्रम गर्दै उपलब्धि सार्वजनिक गर्दै मन्त्री बस्नेतले दुई महिनाको अवधिमा ३ हाजर ५२३ जनरल बेड बिरामीका लागि निःशुल्क गरेको जनाएका छन्।

उनले १६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०-२०९० मन्त्रिपरिषद्बारा स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९\८०-२०८७ \८८ मन्त्रिपरिषदद्बारा स्वीकृत भएको, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गरेको लगायतका कुरा आफूले गरेको उपलब्धीको सूचीमा समेटेका छन्।

यसैगरी मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सुरुवात तथा संचालन कार्यविधी स्वीकृत गरेको, बालबालिकामा हुने क्यान्सरमध्ये ३५ प्रकारका क्यान्सरको उपचार नि: शुल्क गर्ने विषयमा छलफल भएको, स्वास्थ्य साझेदार संस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य क्षेत्रमा सुधारका लागि छलफल भएको पनि उपलब्धीमा उल्लेख  गरेका छन्। अन्य धेरै बुँदाहरु स्वास्थ्यकर्मीलाई कामका आधारमा सम्मान गर्नेदेखि विदेस जाँदा दुर्गमका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिनेसम्मका बुँदा उपलब्धिमा समेटिएका छन्।

यस्ता छन् मन्त्री बस्नेतले सार्वजनिक गरेका उपलब्धि विवरण : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना