Health TV Online
Health TV Online
Health TV Online

प्राकृतिक चिकित्सामा अब्बल स्पार्क अस्पताल

हजारौं बिरामीको सहारा बन्दै

प्राकृतिक चिकित्सामा अब्बल स्पार्क अस्पताल

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीस्थित प्राकृतिक चिकित्साको पुरानो अस्पताल स्पार्क हेल्थ होम अस्पताल यस क्षेत्रको अग्रणी अस्पतालको रुपमा चिनिन्छ । ३१ वर्षदेखि निरन्तर बिरामीको सेवामा समर्पित यस अस्पतालले हजारौं बिरामीलाई सेवा मात्र दिएको छैन् अब निको हुँदैन भनेर बसेका बिरामीलाई नयाँ जीवन समेत दिन सफल भएको छ ।

स्पार्क अस्पताल प्राकृतिक चिकित्सासम्बन्धी देशकै पुरानो र गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल हो । जसले विशेष गरी हाडजोर्नीसँग सम्बन्धित समस्या, नशा च्यापिएका, प्यालाइसिस भएका, स्पोटर्स इन्जुरी, हड्डी खिइएका, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड भएका बिरामीको सेवा गर्दै आएको छ । यसबाहेक माइग्रेन, मुख बांगिने बिरामीमा विभिन्न थेरापी, मसाज लगायतका प्राकृतिक रुपमा गरिने सेवाहरु स्पार्कले दिंदै आएको छ ।

प्रकृतिले दिएका चिजलाई प्रयोग गरेर उपचार गर्ने विधिहरु प्राकृतिक चिकित्सा अन्तरगत पर्छन् । यो औषधिरहित उपचार विधि हो । जुन स्पार्कले गर्दै आएको छ ।

अस्पतालका निर्देशक रुपेश अधिकारीका अनुसार स्पार्कमा धेरै जसो हाडजोर्नी र नशा सम्बन्धी समस्या भएका बिरामी आउँछन्। उनीहरुमध्ये कतिपय धेरै अस्पताल धाएर, कति त शल्यक्रिया गरेर पनि निको नभएर आउने रहेका छन्। उनीहरु स्पार्कमा आएपछि यहाँको परिणाम देखेर निकै सन्तुस्ट भएर जाने गरेका छन्। अधिकारी भन्छन्, ‘आउने बेलामा ह्रिलचेयरमा आउनेहरु जाने बेलामा ठमठम हिंडेर जान सक्छन् , यो देख्दा साह्रै खुशी लाग्छ । तर एउटा कुरा प्राकृतिक उपचार आजको भोलि नै निको हुने होइन यसका लागि केही समय चाहिं लाग्छ । हामीकहाँ ३ \४ महिनासम्म यहीं भर्ना भएर बस्नुभएका बिरामी पनि हुनुहुन्छ उनले थपे ।’

अस्पतालमा फिजियोथेरापी, विभिन्न खालका इलेक्ट्रोथेरापी, मसाज, अकुपंचर, शिराेधारा, याेग लगायतका प्राृकतिक उपचार सेवाहरु उपलब्ध छन्। तालिमप्राप्त स्वास्थ्यकर्मीको निगरानी र परामर्श लगायतका उपचार विधिले बिरामीलाई निकै फाइदा हुने गरेको अधिकारी बताउँछन्।

स्पार्क अस्पतालमा उपचार गराइरहेका एक बिरामी भन्छन्, ‘मेरो ब्याक पेनको समस्या ७ वर्षदेखिको हो । ७ वर्षअघि पनि स्पार्कमै आएर एक महिनासम्म उपचार गराएर निको भएर गएँ । अहिले फेरि पेन हुन थाल्यो र खुट्टा नै टेक्न नमिल्ने भयो । अहिले पनि यहीं आएर थेरापी लगायतका उपचार गराइरहेको छु । उपचार सुरु गरेको एक सातामा नै केही सुधार भइसेको छ । मलाई विश्वास छ म ठिक हुन्छु र हिंडेर नै घर जान सक्नेछु ।’  उनले ब्याक पेनको समस्या भएर शल्यक्रिया गरेका बिरामी पनि आफूसँगै थेरापी गरिरहेको भन्दै जे गरे पनि थेरापी नै चाहिने रहेछ त किन सिधै थेरापी नगराउने भनेर आफू यहीं आएको बताए ।

यसैगरी ब्रेन स्ट्रोकपछि प्यारालाइसिस भएका अर्का बिरामी पनि स्पार्कमा आएर उपचार सुरु गरेपछि १५ दिनमा आफू केही मात्रामा आफै बिस्तारै हिंड्न सक्ने भएको अनुभव सुनाउँछन् । उनीहरु त प्रतिनिधी पात्र मात्र हुन्। उनीहरु जस्ता धेरै बिरामीले यहाँबाट नयाँ जीवन पाएका छन्।

आफूले भ्याएसम्मका विभिन्न अस्पताल पुगेर विभिन्न उपचार गराएर निराश बनेर आउने बिरामीलाई पनि आफूहरुले प्राकृतिक रुपमा उपचार गरेर निको गरेर पठाएका थुप्रै बिरामी रहेको बताउँछन् अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल । कतिपय त यति धेरै उपचार गरिसक्यौं के होला र भनेर पनि आउनुहुन्छ तर यहाँ आइसकेपछि बिरामीमा आएको सुधार देखेर दंग पर्नुहुन्छ उनले भने ।

उनले भने, ‘हामीले चमत्कार गर्यौं भनेको होइन तर के सत्य हो भने हाडजाेर्नी, नशा च्यापिएका, प्यारालाइसिस भएर कुनै भाग नचल्ने भएका बिरामीका लागि हामीले असाध्यै राम्रो रिजल्ट दिन सफल भएका छौं र हाम्रो प्रयास सधैं रहन्छ । अब पनि के हिंड्न सकौंला र भनेर आश मारिसकेका बिरामीलाई हामीले हिंडने बनाएर पठाएका छौं । बोली नै गएका बिरामीको विभिन्न उपचार मोडालिटीबाट बोली फर्काउन सफल भएका छौं ।

यो हाम्रो टीमको मिहिनेत र बिरामीको विश्वासले सम्भव भएको हो, उनले भने । धेरै रोगहरु प्राकृतिक पद्धतिबाटै पनि निको हुन्छ जुन हामीले ३१ वर्षदेखि प्रमाणित नै गरेर देखाएका छौं।

अस्पतालको खुल्ला हरियाली वातावरण, २४ घण्टा नै उपलब्ध तालिमप्राप्त एवम सहयोयी स्वास्थ्यकर्मी एवम प्राकृतिक उपचारले स्पार्कले धेरै बिरामीको मन जित्न सफल भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना