यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषय मिडियाको प्राथमिकतामा पर्न जरुरी

हेल्थ टिभी अनलाइन \काठमाडौं : यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषय मिडियाको प्राथमिकतामा पर्न जरुरी रहेको सरोकारवालाहरुले बताएका छन्। शुक्रबार सञ्चारिका समूह नेपालले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताको फिचर संकलन विमोचन कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यौन तथा प्रजनन स्वास्थ्यका विषय महिला तथा किशोरीको मात्र नभएर यो पुरुष तथा किशोरहरुको पनि विषय भएको बताइन्। उनले यी विषयवस्तुमा छलफल गर्दा पुरुष तथा किशोरहरुलाई पनि समावेश गराउनुपर्नेमा जोड दिइन । पराजुलीले नेपालमा प्रजनन स्वास्थ्य सम्बन्धी असाध्यै राम्रो कानून भएपनि कार्यान्वयन पक्ष फितलो भएको जिकीर गरिन् । उनले सेवाग्राहीलाई आफनो अधिकारका बारेमा जानकारी दिन मिडियाले भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीले नेपालमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा केही प्रगति भएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन् । उनले महिलाहरु आफना अधिकारकाबारेमा सचेत हुने बेला आएको र यस्ता कुरा मिडियाले पनि नियमित उठान गर्नुपर्ने जनाइन्।
यसैगरी कार्यक्रममा आइपास नेपालका प्रमुख जगदिश्वर घिमिरेले पहिलेको तुलनामा अहिले महिलाका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समाचार, लेख मिडियामा देखिन थालेको भए पनि अझै धेरै स्पेस पाउन नसकेको बताए । उनले गाउँ गाउँसम्म प्रजनन स्वास्थ्यका कुराबारे सचेतना पुराउने काम मिडियाले नै गर्ने हुँदा यस्ता कुराहरु बाहिर आउन जरुरी रहेको बताए ।
कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले आइपासको सहयोगमा ४ प्रदेशका २० जना महिला पत्रकारलाई फेलोसिप प्रदान गरेर उनीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे आफनो क्षेत्रमा भएका विषय उठान गर्ने अवसर प्रदान गरेको बताइन । उनले प्रजनन स्वास्थ्यका विभिन्न पक्षमा महिला पत्रकारले फिचर लेख लेखेको बताइन ।
सञ्चारिकाले आइपास नेपालकाे आर्थिक सहयोगमा ४ प्रदेशका २० जना महिला पत्रकारका लागि फेलोपसपसहितको तालिम प्रदान गरेको थियो । जस अन्तर्गत उनीहरुले विभिन्न समूदाय तथा समूहका महिला तथा किशोरीका यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विषयमा लेख लेखेका थिए । सोही लेखको संग्रह आज विमोचन समेत गरिएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति